मध्यरातमा भयानक दुर्घटना, तीब्र गतिको स्कारपियो पसलभित्र छिर्यो, २ घाइते
जनकपुर–जनकपुरको रामचोकमा शुक्रबार मध्यरातमा सवारी दुर्घटना भएको छ ।
तीव्र गतीमा रहेको भारतीय नम्बर प्लेटको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घाइते हुनेहरुमा स्कारपियोमा सबार जनकपुरधाम उपमहानगरपालिका १३ बस्ने १९ वर्षको नागेन्द्र राउत र दीपक राउत छन् । गम्भीर घाइते दुवैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
मुरलीचोकबाट शिवचोकतर्फ जाँदै गरेको बि आर ०६ पिडि ६८७९ नम्बरको स्कारपियो अनियन्त्रित भई पसलमा छिरेको थियो ।
तीव्र गतिमा गुडेको गाडी अचानक पसलमा छिरेको पसल सञ्चालक चन्द्रभानु साहले बताए । दुर्घटनाबाट साहको सहित अर्को एक पसलमा क्षति पुगेको छ ।
दुर्घटना पश्चात चालक फरार भएको र दुर्घटनाग्रस्त गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले फरार चालकको खोजी कार्य भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा