सिरहाको ठाढीमा बम विस्फोट, दुई घाईते
आइतबार, २३ मङ्सिर २०७५, १५ : २१
सिरहा– सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएका छन् । भारतसँग सीमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आइतबार भएको बम बिस्फोटमा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिए ।
बिस्फोटमा स्थानीय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका हुन् । घाइते दुवैलाई उपचारका लागि भारततर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए । गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएका बेला बेबारिसे अबस्थामा राखिएको झोला कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।
पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए । बिस्फोटबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा