शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अझै फेला परेनन् कोशीमा बेपत्ता किशोर

बुधबार, ११ साउन २०७४, ०९ : २६
बुधबार, ११ साउन २०७४

राजविराज  - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा माछा मार्ने क्रममा कोशी नदीबाट बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् । 

दुई दिन अगाडि सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डललाई घर नजिकै पर्ने कोशी नदीमा माछा मार्ने क्रममा नदीले बगाएको थियो । 

यता बेपत्ता भएका ललनको इलाका प्रहरी कार्यालय, हनुमाननगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको प्रहरीको टोलीले दुई दिनदेखि खोजी गरिरहेको भए पनि अझै फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप