दुर्गाले मनाए एकल साँझ मार्फत रजत जयन्ती
काठमाडौं– सांगीतिक क्षेत्रमा आफ्नो २५ बर्ष पुगेको उपलक्षमा अवसरमा कौरा किङ दुर्गा गुरुङ एकल साँझमा गुन्जिएका छन् । शनिबार राष्ट्रिय नाचघरमा आयोजित दुर्गा गुरुङ एकल साँझ २०७५ मार्फत उनी आफ्ना लोकप्रिय कौरा (चुट्का) झोरा, लोकपप गीतका साथ प्रस्तुत भए ।
तमु (गुरुङ) समाज तनहुँको आयोजना रहेको कार्यक्रममा दुर्गाले प्रत्यक्ष वाद्यवादनमा १ दर्जन बढी गीत प्रस्तुत गरे । कार्यक्रममा उनले हे कान्छी, साली भेना, सोलुु जुब्रुको, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढुंगाको बजारैमा जस्ता आफ्नो लोकप्रिय कौरा गीतका साथमा रोदी बस्न आउँछ रे भन्दिनु जस्ता लोकपप, आयो मैना गयो मैनाजस्ता झोरा गीत प्रस्तुत गरे ।
दुर्गालाई गायनमा लोकदोहोरी गायक गायिका भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथ्वी गुरुङ, रिदम थापा, राज गुरुङ, राजु गुरुङ, प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिएका थिए ।
खचाखच दर्शकहरुको बीचमा करिब ३ घन्टासम्म चलेको साँझका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेको र करिव १० लाख रुपियाँ संकलन भएको गायक दुर्गा गुरुङले बताए । खर्च काटेर बाँकी रकम चुट्का गीतको संरक्षणको लागि कोषमा जम्मा गर्नेछौ दुर्गाले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा