विदेश जाने विद्यार्थीहरुलाई रोक्न टेक्सस कलेजमा अभिमुखिकरण कार्यक्रम
काठमाण्डौं– टेक्सस कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।
बि.बि.ए, एम्.बि.ए. बि.आई.टी, र बि.सि.एस (साइबर सेक्युरीटी एण्ड नेटवर्क टेक्नोलोजी) विषयमा अध्ययनका लागि कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न बक्ताहरुले करिअर निर्माण र कलेजको सँस्कार सस्कृतिको बारेमा बताएका थिए ।
कलेजका प्रधानाध्यापक भेषराज पोखरेलले पछिल्लो समय नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि बिदेशका विश्व विद्यालयमा जाने क्रम बढ्नु नेपालका लागि दुखद विषय भएको बताए । प्रधानाध्यापक पोखरेलले नेपालमा सञ्चालित शैक्षिक संस्थाहरुले विदेशमा जाने विद्यार्थीहरुलाई नेपालमै रोक्ने वातावरण निर्माण गर्नु प्रमुख चुनौति रहेको बताए ।
टेक्सस कलेजले स्थापना कालबाट नै गुणस्तरिय शिक्षा प्रदान गरिरहेको वताउँदै पोखरेलले गुणस्तरको प्रश्न उठाएर विद्यार्थीहरु अन्तर्राष्ट्रिय विश्वविद्यालयमा जाने अवस्था नआओस् भन्नका लागि टेक्सस सँधै सचेत रहेको वताए ।
लिंकन युनिभर्सिटीका क्षेत्रिय अनुषन्धान निर्देशक प्राध्यापक डाक्टर सतिस कुमार ओझाले टेक्सस कलेजले विगतमा पनि राम्रो नतिजा हासिल गरेको बताउँदै नव आगन्तुक विद्यार्थीहरुले पनि थप प्रभाकारी अध्ययन गर्न पाउने वताए ।
टेक्सस कलेजका विभिन्न कार्यक्रमहरुले मलेसियामा रहेको लिङकन युनिभर्सिटीबाट सम्वन्धन लिएको स्मरण गर्दै प्राध्यापक डाक्टर ओझाले आगामी दिनमा पनि युनिभर्सिटीको तर्फबाट आवश्यक सहयोग र प्रभावकारी अनुगमन हुने वताए ।
सन् २००९ मा स्थापित टेक्सस कलेजले ब्यवस्थापन तथा सुचना प्रविधि शिक्षणमा प्रभावकारी मानिएको छ साथै कलेजले म्यागेसेसे पुरस्कारका विजेता तथा सामाजिक अभियन्ता डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३० हजार सहयोग प्रदान गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’