शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ २२ चैत्रमा

बिहीबार, २७ मङ्सिर २०७५, १६ : २२
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित भएर निर्माण भएको फिल्म २२ चैतबाट प्रदर्शनमा आउने भएको छ ।  बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले  प्रदर्शन मिति र दुइ पोष्टर सार्वजनिक गरिएको हो । 

अकाश अधिकारी, मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा बच्चादेखि जेष्ठ नागरिकसम्मले पुस्तकमा पढिएकी अर्थात कहिलेकाहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटी निर्माण गरिएको यो फिल्मले प्रेरणा दिने धारणा निर्माता तथा निर्देशक विनोद बिष्टले बताए ।

साहित्यकार घिमिरेले कहानी पर्दामा देख्न पाउँदा खुसी लागेको भन्दै उपस्थित सबैले चलचित्रको लागि शुभकामना दिए । घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाँकन गरिएको चलचित्रको निर्माता विनोद विष्ट भारतको सिलगुडीका रहेका छन् ।

चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था प्रधान रहेकी छिन् । अन्य कलाकारहरुमा रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, टीका सुवेदी, सारिका घिमिरे, किशन, सुनार उमा बेबीलगायत रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप