‘बैठकमा गच्छदार बोल्न थालेपछि कांग्रेसका सबै नेता आतंकित’
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले बोल्न थालेपछि नेपाली कांग्रेसका सबै नेताहरु आतंकित हुने बताए । काठमाडौंमा जारी कांग्रेसको महासमिति बैठकमा बोल्दै नेता गच्छदारले आफू रहरले मात्र नभई कांग्रेसलाई बलियो बनाउन पार्टीमा फर्किएको उल्लेख गरे ।
उनले भने– ‘म ट्वाइलेट गएर आउँदै थिए, रामचन्द्र दाईले मलाई बोलाएर कानमा खुसुक्क बोलाएर विजय धेरै नबोल्नु भन्नुभयो । मैले बैठकमा बोल्न थालेपछि आतंक हुन्छ । कांग्रेसमा त हुने नै भइहाल्यो म बाहिर छँदा पनि त्यस्तै थियो । विजय गच्छदारले मञ्च पाएपछि उढाइदिन्छ । एक घण्टा त यत्तिकै बोलिदिन्छ ।’
उनले आफू १ घण्टामात्र नभई लगातार ३ घण्टा नै बोल्न सक्ने बताउँदै कम्युनिष्टहरुको धज्जी उढाइदिन सक्ने समेत बताए ।
उनले आफूले धेरै नेताहरुसँग तपाईले यो किन गर्नुभयो, तपाईले यहाँ बिगार्नुभयो भनेर बाझ्ने गरेको बताउँदै कार्यकर्ताहरु आफ्नो भाषण सुन्न २ घण्टासम्म तयार हुने बताए ।
ठट्यौली रुपमा प्रस्तुत भएका गच्छदारले २०६४ सालको चुनावमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनाव हारेको, नेकपा नेता माधव नेपालले पनि दुई–दुई ठाँउमा हारेर पनि कांग्रेसका कारण प्रधानमन्त्री बन्न पाएको उल्लेख गरे । उनले रामचन्द्र पौडेलले मात्र चुनाव हारेको नभई चुनाव हार्ने अरु पनि रहेको भन्दै अर्को पटक जित्ने दिन आउने उल्लेख गरे ।
उनले आफू कांग्रेसमा आफू त्यतिकै फर्किएको नभई रामचन्द्र पौडेल, शेरबहादुर देउवा, सुशील कोइरालाको आग्रहमा पार्टीमा फर्किएको बताए । उनले केपी शर्मा ओली, प्रचण्डले कांग्रेसमा नजान भनेको स्मरण गर्दै दुई कम्युनिष्टले कांग्रेसलाई पछाडि पार्छ भन्ने थाहा पाउँदापाउँदै पार्टीमा आएको बताए ।
दुई कम्युनिष्ट मिले भने संसदीय प्रजातन्त्रलाई कमजोर पार्छन, जनताको, प्रेसको अधिकार खोसिन्छ भनेर पार्टी एकता गरेर आएको उल्लेख गरे । उनले पार्टीमा अचम्मको प्रेम देखेको बताउँदै रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई मिलेर अघि बढ्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा