केन्द्रीय संस्करण

के हो क्यालोरी भनेको ?

explore access_timeपुस १६, २०७५ chat_bubble_outline0
photo: Weight Loss Resources

० दुई वर्षको अन्तरालमा मेरो तौल स्वाट्टै बढ्यो । पहिले लगातार ५७ केजी तौल रहेको ५ फिट ५ इन्चको उचाई रहेको मेरो शरीरको तौल बीचमा ६२ केजी हुँदै अहिले ७० किलो बन्न पुग्यो । सबैले म बेसी मोटाएको ठहर गर्दै तौल घटाउन सल्लाह दिए । उनीहरुले के कुराको पनि सचेत गराए भने, बेसी मोटाएपछि मधुमेह, उच्च रक्तचाप तथा मुटुको अन्य रोगहरु लाग्ने खतरा पनि बढ्दै जान्छ ।

तौल त घटाउने, तर कसरी घटाउने ? यो कुरा बुझ्न मैलै परिचित चिकित्सकसँग सल्लाह लिन पुगें । उनले खानाबाट कार्बोहाइड्रेडको मात्रा कम गर्न, जमीनभित्र उब्जिएको चीज कम खान र चिनी खान बन्द गर्न सल्लाह दिए । उसको सल्लाह थियो– मेरो शरीरमा क्यालोरी बढी भयो । त्यसैले शरीर मोटाउन थाल्यो । तौल घटाउने हो भने, मैले खानामा क्यालोरी घटाउनै पर्छ !

० तपाईं हामीले प्रायः सुन्ने गरेका छौं– हामीलाई दिनको यति क्यालोरी शक्ति चाहिन्छ । अथवा, आलुमा यति क्यालोरी हुन्छ, सागमा यति । मासुमा यति क्यालोरी हुन्छ, गेडागुडीमा यति । नव युवाको गतांकमा पनि तपाईंहरुले केही खानेकुराहरुमा कति क्यालोरी हुन्छ भन्ने बारे संक्षिप्त जानकारी छापिएको याद गर्नुभएकै होला ।

आखिर यो क्यालोरी भनेको के हो ? मोटाएको शरीरको तौल घटाउन किन क्यालोरी नै घटाउनु पर्छ त भन्नेबारेमा केही चर्चा गरौं !

क्यालोरी भनेको के हो र यसले शरीरमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने थाहा पाउनको लागि पहिले शरीरले खानेकुराबाट लिने पोषणबारे सामान्य जानकारी लिऔं ।

हामीले खाएको खानेकुरा–हरुलाई शरीरले शक्तिको रुपमा ग्रहण गर्छ । तर आजको विकसित विज्ञानले पनि हाम्रो शरीरको कोषहरुले खानेकुरालाई कसरी शक्तिमा परिणत गर्छ भन्ने कुराको ठोस व्याख्या गर्न सकेको छैन । हामीलाई यति मात्र थाहा छ, खाएको खानेकुरा शक्तिमा परिणत हुन्छ । त्यसैगरी, हाम्रो शरीरका कोषहरुलाई ठीकसँग काम गर्नको लागि किन खास खास खानेकुराहरुको अनिवार्य आवश्यकता पर्छ त ? विज्ञानले यो कुराको पनि अझै ठोस रुपमा व्याख्या गर्न सकेको छैन ।

तर हामीलाई के कुरा चाहिँ थाहा छ भने, हामीले खाएको खानेकुरालाई शरीरमा अक्सिजनको मद्दतले टुक्र्याउने काम हुन्छ । अर्को शब्दमा हामी के पनि भन्न सक्छौं भने, यो इन्धन जस्तो बल्ने काम हुन्छ । हो यही बल्ने कार्यलाई नाप्नको लागि नै हामी क्यालोरी शब्दको प्रयोग गर्ने गर्छौं ।

यसलाई अझ प्रष्टसँग बुझ्नको लागि के भनौं भने, एक ग्राम क्यालोरी भनेको त्यति तापशक्ति हो, जति तापशक्ति एक ग्राम पानीलाई एक डिग्री सेन्टिग्रेट तातो पार्नको लागि आवश्यकता पर्दछ । त्यसैगरी, लार्ज क्यालोरी (Large calorie) भनेको चाहिँ त्यसको हजार गुणा बढी तापशक्ति हो । खानेकुराहरुको शक्ति नाप्ने क्रममा यो लार्ज क्यालोरी इकाइ प्रयोग गर्ने गरिन्छ ।

प्रत्येक खानेकुराहरु शरीरभित्र शक्तिमा रुपान्तरण हुने क्रममा अलग अलग मात्रामा निश्चित क्यालोरी पैदा हुने गर्छ । उदाहरणको लागि, एक ग्राम प्रोटिनले चार क्यालोरी शक्ति पैदा हुन्छ तर त्यति नै चिल्लो पदार्थले नौ क्यालोरी पैदा हुन्छ । त्यसैगरी, एक ग्राम कार्बोहाइड्रेटले पनि चार क्यालोरी शक्ति पैदा हुन्छ । जीवन निर्वाहको लागि खानेकुराहरुबाट पर्याप्त शक्ति पाएसम्म शरीरले यो मतलब राख्दैन कि, शक्ति पाउनको लागि कुन ‘इन्धन’ प्रयोग भएको छ ।

सामान्यतः हामीलाई कति क्यालोरी शक्ति चाहिन्छ भन्ने कुरा मान्छेको उमेर, उसले गर्ने कामको प्रकृति र अन्य विभिन्न पक्षहरुमा समेत निर्भर गर्दछ । तर सामान्यतः एउटा मान्छेलाई २४ घण्टाको समयावधिभित्र २,००० देखि ४००० क्यालोरीको आवश्यकता पर्दछ ।  त्यसमा पनि कति क्यालोरी आवश्यकता पर्दछ भन्ने कुरा विशेष गरी चाहिँ मानिसको शरीरले गर्ने कार्यमा निर्भर गर्दछ र त्यसअनुसार क्यालोरीको आवश्यकतामा माथि उल्लेखित परिणामभन्दा घटबढ पनि हुन सक्दछ । उदाहरणको लागि, एउटा ६८ किलोग्राम तौल भएको मानिस केही नगरी पूर्ण आरामको अवस्थामा रहन्छ भने उसलाई दिनको १६८० क्यालोरी चाहिन्छ । तर यदि उसले हल्काफुल्का, टेबुलमा बसेर गर्ने काम गर्छ भने उसलाई दैनिक ३३६० क्यालोरी शक्ति चाहिन्छ । अझ उसले गह्रौं र शरीरलाई बोझ पर्ने काम गर्छ भने, उसलाई आफ्नो शरीरलाई ठीक हालतमा राख्नको लागि दैनिक ६७२० क्यालोरीको आवश्यकता पर्न जान्छ ।

फेरि वयस्कहरुलाई भन्दा बच्चाहरुलाई बढी क्यालोरीको आवश्यकता पर्दछ । किनभने, हुर्केको मानिसहरुले बच्चाहरुले जस्तो चाँडो चाँडो ‘ऊर्जा’ खर्च गर्न सक्दैन । क्यालोरीको बारेमा रोचक त के छ भने, गर्मी महिनामा भन्दा जाडो महिनामा हाम्रो क्यालोरी बढी खर्च हुन्छ । हाम्रो शरीरको लागि आवश्यक पर्ने ऊर्जामा सामान्यतः कार्बोहाइड्रेड, स्टार्च र चिनी नै हो । विशेष गरी, पर्याप्त पोषण प्राप्त गर्न नसकिरहेका विश्वका विभिन्न भागका मानिसहरुमा क्यालोरीको मुख्य स्रोत नै कार्बोहाइड्रेट हुने गरेको छ । त्यसपछि बाँकी रहेको क्यालोरी चाहिँ चिल्लो पदार्थबाट आपूर्ति हुने गरेको छ । चामल मुख्य खाद्य पदार्थ हुने एशिया, मध्यपूर्व एवं अफ्रिकाका केही भागहरुमा शरीरको लागि आवश्यक क्यालोरीको ८० प्रतिशत भाग कार्बोहाइड्रेडबाट आपूर्ति हुने गरेको पाइन्छ भने पश्चिमी खाद्यपदार्थमा चाहिँ यो ३३ देखि ५० प्रतिशत मात्र हुन्छ । त्यसमा पनि १७ देखि २५ प्रतिशत स्टार्च, चिनी, दूधमा हुने गुलियो पदार्थ ल्याक्टोज (Lactose)  र थोरै मात्रामा ग्लुकोज, धूलो अवस्थामा राखिएका फलफूलका धूलोहरु, मह, सिरप र निश्चित प्रकारका तरकारीहरु, जस्तै, गाजर, प्याज, चुकुन्दरहरुले ओगट्छ ।

मानौ, हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी लियौं भने के हुन्छ त ? यसको उत्तर सजिलो छ । हाम्रो शरीरले आफूलाई चाहिने जति क्यालोरी खर्च गर्छ र बचेको जति चाहिँ भविष्यमा प्रयोग गर्नको लागि संचय गर्छ । हामीले आवश्यकताभन्दा बढी खानेकुरा खायौं भने, हाम्रो शरीरले प्रतिदिन चाहिने क्यालोरीको एक तिहाई क्यालोरी संचय गर्न सक्छ । यसरी शरीरले अनावश्यक क्यालोरी संचय गर्न थालेपछि हामी मोटाउन थाल्छौं । हो जब हामी अत्यधिक मोटाउन थाल्छौं र तौल घटाउनको लागि विज्ञहरुसँग सल्लाह लिन पुग्छौं– हामीलाई क्यालोरीमा ध्यान दिन र त्यसलाई कम गर्ने सल्लाह दिनुको कारण पनि यही नै हो । र, क्यालोरी कम गर्नु भनेकै खानेकुरा कम खानु हो ।

मान्छेलाई बोसो लाग्नुको रहस्य !

केही मान्छे कमजोर भयो वा दुब्लो पातलो भयो भने हामी सामान्य रुपले भन्ने गर्छौं– खानामा क्यालोरी पुगेन जस्तो छ । यसरी, सामान्य भाषामा भन्दा हामी क्यालोरी भनेको शक्ति वा तागत भन्ने बुझ्छौं । तर वास्तवमा, के क्यालोरी भनेको शक्ति नै हो त ? सामान्य अर्थमा बुझ्दा वा भन्दा एक किसिमले क्यालोरी भनेको शक्ति नै हो । तर ठोस रुपमा भन्दा क्यालोरी भनेको शक्ति वा ताप नाप्ने इकाईको नाम हो । एक क्यालोरी भनेका एक ग्राम पानीलाई एक डिग्री सेन्टिग्रड तापक्रममा ल्याउन लाग्ने बराबरको शक्ति हो । तपाईको मनमा प्रश्न उठ्न सक्छ , त्यसो हो भने कुराहरुमा चाहिँ किन क्यालोरी शब्दको प्रयोग गरिन्छ त ? वास्तवमा, खटाइएका प्रत्येक खानेकुराहरु हाम्रो पेटभित्र पैदा गर्छ । उदाहरणका लागि, एक ग्राम प्रोटिनले चार क्यालोरी दिन्छ । त्यसैगरी, एक ग्राम चिल्लो पदार्थले नौ क्यालोरी पैदा गर्छ । एउटा मान्छेलाई  एक दिनमा कति क्यालोरी चाहिन्छ ? याो कुरा मान्छेले गर्ने काममा भर पर्छ । एउटा ६८ किलोग्राम तौल भएको मान्छेले केही काम नगरी बस्ने हो भने उसलाई दिनभरीमा १,६८० क्यालोरी चाहिन्छ । त्यही मान्छेले सामान्य काम गर्यो भने, ३,३६० क्यालोरी र अलि बढी मेहनत पर्ने काम गर्यो भने उसलाई ६,७२० क्यालोरीको जरुरत पर्छ । त्यसो त मान्छेलाई कति क्यालोरी चाहिन्छ भन्ने कुरा त्यो व्यक्तिको उमेर, लिंग शरीरको आकार, शारीरिक अवस्था, वातावरणजस्ता कुराहरुमा पनि निर्भर गर्छ । मान्छेले आफूलाई चाहिने भन्दा बढी क्यालोरी लियो भने चाहिँ के होला त ? मान्छेले आफूलाई चाहिनेभन्दा बढी क्यालोरी लियो भने, त्यसलाई भविष्यमा प्रयोग गर्नको लागि शरीरले संचित गर्न खोज्छ । तर यस क्रममा हाम्रो शरीरले प्रतिदिन चाहिने क्योलोरीको एक तिहाई भाग मात्र संचित गर्न सक्छ । फलतः बढी क्यालोरीहरु बोसोमा परिणत हुन थाल्छ । मान्छेहरुमा बढी बोसो लाग्नुको खास रहस्य पनि यही नै हो । नेपालीमा एउटा उखान छ नि– ‘भात नपचेर बोसो लागेको ।’ के यो उखान ठीक छ त ? माथिको कुरा पढेपछि तपाईँ के भन्नु हुन्छ ?

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha