शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमार्फत ‘चिठ्ठा प-यो’ भन्दै ठगी

शुक्रबार, २० पुस २०७५, १३ : २३
शुक्रबार, २० पुस २०७५

काठमाडौं– सामाजिक सञ्जाल भाईबर तथा ह्वाट्स एप मार्फत चिठ्ठा पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका तिनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खोटाङ स्थायी घर भएका लेख बहादुर खड्का, ईन्द्र पुरी र टिकाराम भुजेल रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका इन्सपेक्टर शंकर खड्काले जानकारी दिए ।

‘तपाईंहरुलाई ठूलो धनराशीको चिठ्ठा परेको छ, चिठ्ठाबापतको रकम प्राप्त गर्न कर, बैंकीङ प्रक्रिया तथा सेवा शुल्क लाग्ने’ बहाना बनाएर यो समूहले ३० लाखभन्दा बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडितहरुले जम्मा गरेको पैसा फरक–फरक समयमा विभिन्न बैंकहरुबाट आलापालो निकाल्ने उक्त गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप