केन्द्रीय संस्करण

तिब्बतलाई नियन्त्रण गर्नु भनेको एसियाको ताजा पानीको स्रोतमाथि कब्जा गर्नु हो

explore access_timeपुस २०, २०७५ chat_bubble_outline0

तिब्बत प्राकृतिक स्रोतमा धनी छ । तर यहाँ म तिब्बतको पानीसँग जोडिएको महत्त्व मात्र भन्दैछु । तिब्बतको पानीसँग भारतको नर्थ–इस्ट, नेपाल, पाकिस्तातसमेत जोडिन्छ । तिब्बतले महत्त्व यसको पानीको स्रोतको कारण निक्कै धेरै छ ।

संसारको छानो मानिने तिब्बतलाई ‘एसियाको पानी ट्याङ्की’ पनि भनिन्छ । त्यसबाहेक यसलाई ‘साङ्ग्रिला’ पनि भनिन्छ । सनातन संस्कृति मान्नेहरूको तप स्थल हो, तिब्बत । हामी यसलाई हिमवत् खण्ड भन्छौं । बन्ने र भत्किने राजनीतिक भूगोल अलग कुरा हो तर भौगोलिक रूपमा तिब्बत पनि हिमवत खण्डमा पर्छ । 

भौगोलिक बनोटको आधारमा यो आँखाको आकारमा छ । तिब्बतको आँखाको बीचको नानीलाई हेर्ने हो भने त्यहाँ एसियाका महत्त्वपूर्ण नदीहरूको मुहान छ । त्यसको एउटा महत्त्वपूर्ण शाखा भनेको ब्रह्मपुत्र हो । तीन नदीको सङ्गमस्थल असमको सदियामा ब्रह्मपुत्रको पानीको परिणाम नाप्दा लगभग ३२, ३३ प्रतिशत आयतन तिब्बतबाट आएको भँगालोले लिन्छ, त्यो हो यालुङ स्याम्पो । 

आँखाको आकारको माथिल्लो डिल अर्थात उत्तरतर्फको हिमाली क्षेत्र ट्याङ्गुला हिमालको बीचबाट चीनको सबैभन्दा महत्त्वपूर्ण एक नदी जान्छ । एल्लो अर्थात ह्वाङ–हो । पूर्वतर्फको सबैभन्दा माथिल्लो क्षेत्रबाट जिङ्सा अर्थात चीनको अर्को महत्त्वपूर्ण नदी याङ्त्जी जान्छ ।

पूर्वतर्फबाटै अर्को नदी जान्छ, लानकाङ । यो नदीलाई तल गएपछि मेकङ भनिन्छ । त्यो पनि पानीको हिसाबले अत्यन्तै महत्त्वपूर्ण नदी हो । यो नदीका कारणले पनि धेरै टकराव भएका छन् । त्यही नदीका कारणले धेरै ठाउँको भूराजनीतिक महत्त्व बनेको छ ।

त्यस्तै तिब्बतमा मूल भएको अर्को नदी हो– शाल्वीन नदी । यो बर्माको प्रमुख नदीमध्ये एक हो ।

तिब्बतमा मूल भएको एउटा नदी साङ्घाईभन्दा माथि, बेइजिङभन्दा पूर्वमा गएर एल्लो सीमा गएर खस्छ । त्यहीँबाट उत्पन्न भएको जिङ्सा वा याङत्जी साङ्घाईको छेउको प्रशान्त महासागरमा गएर खस्छ । 

तीब्बतबाट उत्पन्न भएको लान काङ अर्थात मेकङ भियतनामको छेउमा रहेको साउद चाइना सीमा गएर खस्छ । त्यहीँ मूल भएको शाल्विन अथवा नु नदी अण्डमानमा गएर खस्ने गर्छ । 

अनि ब्रह्मपुत्र कहाँ खस्छ भने बङ्गलादेशको छेउमा रहेको बङ्गालको खाडीमा गएर खस्छ । 

यसलाई आँखा मानेर तल्लो डिलमा हेर्नुभयो भने ब्रह्मपुत्रको केही शाखाहरू जस्तो मानस, टिस्टालगायतका केही शाखाहरू उत्पन्न भएका छन् भने गङ्गाका त सम्पूर्ण शाखाहरू तल्लो डिलबाट उत्पन्न भएका छन् । 

पाकिस्तानको रक्तसञ्चार मानिने र हिन्दू सभ्यताको उद्गमस्थल मानिने सिन्धु नदीलाई लिनुभयो भने त्यसको स्रोत पनि तिब्बतमा छ । तीब्बतको कैलाश पर्वतको फेदमा रहेको हिमनदीको पूर्वतिरको पानी बगेर ब्रह्मपुत्र बन्छ भने भने पश्चिमतिरबाट सिन्धु बन्छ । त्यस्तै कैलाश पर्वतको फेदमा रहेको राक्षस तालको पानी नेपालको कर्णाली हुँदै गङ्गामा मिसिन्छ ।

यसरी एसियाको सभ्यतालाई प्रभावित गर्ने र एसियाको लाइफलाइनयुक्त नदीहरू सबै तिब्बतबाट आउँछन् । यसैले यसलाई एसियाको ‘वाटर टावर’ (पानी ट्याङ्की) भनिएको हो । 

तिब्बतलाई नियन्त्रण गर्नु भनेको एसियाको ताजा पानीको स्रोतमाथि कब्जा गर्नु हो । यसअघि मैले मेरिटाइम (समुन्द्रमार्ग) राजनीतिको चर्चा गरेँ तर ताजा पानीको राजनीति पनि कम गहन छैन । केहीले त तेस्रो विश्वयुद्ध ताजा पानीकै लागि हुने मान्छन् । 

जिङ्सा अथवा याङत्जी नदीमा विजुली उत्पादन गर्न सक्ने क्षमता ३०,००० मेगावाटभन्दा धेरै छ । यति धेरै बिजुली एउटै नदीबाट । हामीहरूकोमा ४२,००० मेगावाट निकाल्न सक्ने भएकाले दोस्रो शक्ति भनिरहेका छौँ । तर त्यो त्यति सत्य होइन । नेपालको सम्पूर्ण बिजुली क्षमता बराबर बिजुली त चीनले एउटै नदीबाट निकाल्छ । 

त्यस्तै, उसले लानकाङ्बाट पनि निकालेको छ । नुबाट पनि निकालेको छ । त्यस्तै चीनले ती नदीबाट ठूलो भूभाग पनि सिंचाइ गरेको छ । 

तिब्बतलाई नियन्त्रण गर्नु भनेको त्यत्रो पूरै पानी र ऊर्जाको स्रोतमाथि कब्जा गर्नु हो । तिब्बतमाथिको विश्वको चासो यिनै तथ्यले पनि पुष्टि गर्छ । 

अनि तिब्बतमाथिको राजनीति भारतको नर्थइस्टबाट बढाउनुपर्यो भने भारतलाई पनि सहमत गराउनुपर्यो । भारत आफै क्षेत्रीय शक्तिको रूपमा आउन चाहने खेलाडी हो । भावि शक्तिको रूपमा हेरिएको भारतको पनि यसबारेमा आफ्नै दृष्टिकोण होला । 

भारत सम्पूर्ण रूपमा पश्चिम र विशेष अमेरिकाको इसारामा चल्दैन भन्ने त भर्खरै इरानमाथि प्रतिबन्ध लगाउँदा उसले अमेरिकाको विरोधको बाबजुद इरानबाट तेल किनिरहेकोबाट देखिन्छ । 

भारत पश्चिमको इसारामा नचल्ने भएपछि उनीहरूलाई पनि नर्थइस्टलाई टुक्र्याउनुपर्ने भएको छ । नर्थ इस्टमा विदेशीहरूको प्रभावको प्रतिस्पर्धा यही कारण भएको हो । पानी र तिब्बतमा पहुँचको आधारमा उत्तरपूर्वी भारतको महत्त्व रहेको छ ।
 

यो पनि पढ्नुहोस्

बर्माको भूराजनीति : तिब्बतको दक्षिणी प्रवेशद्वार हुनाले इतिहासदेखि पश्चिमी शक्तिको रणभूमि

स्पार्टली आइल्यान्ड : अर्को ठूलो युद्धको ‘फ्लास पोइन्ट’

खशोग्गीको हत्या साउदी युवराजलाई फसाउने रणनीति अन्तर्गत भएको हुनसक्छ

श्रीलङ्काको भूराजनीतिक अवस्थिति र आजको सङ्कट

यसरी दक्षिण–पश्चिम हिन्दमहासागरको जल–पारवाहनको भू–राजनीतिमा फसेका छन् माल्दिभ्स र सिसेल्स

भारतको महत्वकाङ्क्षा र त्यसलाई नियन्त्रण गर्ने अमेरिकी अस्त्र जसको द्वन्द्वले भारतीय मुद्रामा संकट निम्तायो

अमेरिकामाथि दबाब राख्न सक्ने साउदीको शक्ति

स्ट्रेट अफ हरमुजको महत्व बढाउन र घटाउन इरान र साउदी अरबबीचको प्रतिस्पर्धा

तेलमात्रै होइन, साउदी अरबको अथाह शक्तिको स्रोत अर्कै छ

इरानको अस्त्र ‘स्ट्रेट अफ हरमुज’ र शक्ति राष्ट्रको तानातानी

इथियोपिया : सुखी र आधुनिक राष्ट्र कसरी विश्वको गरिब राष्ट्र बन्यो ?

के छ बब–अल माण्डबमा, जसलाई नियन्त्रण लिने प्रतिस्पर्धामा यमन बनिरहेको छ शक्तिराष्ट्रको युद्धभूमि

भूराजनीतिमा ऊर्जाले लामो समय प्रधान भूमिका खेल्नेछ

भू–मध्यसागरको समून्द्री मार्गः किन बन्दैछ लडाईंको केन्द्र ?

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha