शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टोट्टनहामलाई घरमै युनाइटेडको धक्का

सोमबार, ३० पुस २०७५, ०९ : १७
सोमबार, ३० पुस २०७५

एजेन्सी– इङ्लिस प्रिमियर फुटबलमा टोट्टनहामलाई म्यानचेस्टर युनाइटेडको नराम्रो धक्का लागेको छ । आइतबार राति भएको खेलमा टोट्टनहाम घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग १–० गोलले पाजित भयो । हारसँगै टोट्टनहामको दोस्रो स्थानमा उक्लिने योजना पूरा भएन । 

युनाइटेडको जितमा मार्कस रासफोर्डले ४४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मार्कसले पउल पोग्वाको लामो पासमा गोल गरेका थिए । खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएपनि टोट्टनहामले गोल फर्काउन सकेन । 

टोट्टनहामको दर्जन प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे जिया विफल पारिदिएका थिए । 

अन्तरिम प्रशिक्षक ओले गनर सोल्स्कसायरको प्रशिक्षणमा युनाइटेडको यो लगातार छैटौं जित हो । जोसे मोउरिन्होको बर्खास्तीपछि ओलेको प्रशिक्षणमा रहेको युनाइटेडले कुनै खेल हारेको छैन ।

जितसँगै युनाइटेडले २२ खेलबाट ४१ अंक बनाएको युनाइटेड छैटौं स्थानमा छ । पाँचौ स्थानमा रहेको आर्सनलको पनि समान ४१ अंक छ । टोट्टनहाम ४८ अंक सहित तेस्रो स्थानमा छ । 

यसैगरी,  प्रिमियर लिगकै अर्काे खेलमा एभर्टनले बर्नमाउथलाई २–० गोलले हरायो । घरेलु मैदानमा एभर्टनको जितमा कर्ट जोउमाले ६१औं र डोमिनिक कलभर्ट–लेविनले ९०औं मिनेटमा गोल गरेका थिए । 

जितसँगै ३० अंक बनाएको एभर्टन जोडेर १०औं स्थानमा उक्लिएको छ । २७ अंक बनाएको बर्नमाउथ १२औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप