‘बुलबुल’को ट्रेलर : स्वस्तिमाको हुलिया दुरुस्तै आम टेम्पो चालिका
काठमाडौं – फिल्म ‘बुलबुल’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री स्वस्तिमा खड्काले पहिलोपटक ट्याम्पु ड्राइभरको भूमिका निर्वाह गरेको यो फिल्मको ट्रेलर माघे संङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको हो ।
ट्रेलरले फिल्मको कथा बुझाउने प्रयास गरिएको छ । अभिनेत्री खड्काको ट्रेलरमा रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवती जस्तै देखिएकी छन् । खड्काको अलवा नव–अभिनेता मुकुन भुसाल र लक्ष्मी बर्देवाले पनि ट्रेलरमा पर्याप्त स्थान पाएका छन् ।
अविरल थापाको निर्माण र स्वस्तिमा, मुकुनको अलवा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायत कलाकारको अभिनय देख्न सकिन्छ । विनोद पौडेलको लेखन निर्देशन रहेको फिल्ममा पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडल निर्माता हुन् ।
रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा