गायनमा फेरि अर्काे प्रतियोगिता ‘काराओके आइकन’
काठमाडौं – रेक्स् फेसन होमले मौलिक गायनको बेग्लै प्रतियोगिता ‘काराओके आईकन २०७५’ गर्ने भएको छ ।
बेग्लै सोच र फरक शैलीबाट यो प्रतियोगतिा गर्न लागेको आयोजकले जनाएको छ ।
राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले ‘काराओके आईकन’सँगै सौदर्य प्रतियोगीता ‘मिस एस.ई.ई.आइकन २०७५’ गर्न लागेको जानकारी दियो ।
संगीतको विकास तथा गायन क्षेत्रलाई व्यापकता दिन र कलाकार, गायक–गायिका, नायक–नायिका र दर्शक वीच मितव्ययिता कामय गर्न ‘काराओके आइकन’ गर्न लागेको आयोजक संस्थाका प्रवन्ध–निर्देशक खगेश रंजितकारले बताए ।
आगामी फाल्गुण महिनाको अन्तिम साताबाट यो प्रतियोगतिा सुरु हुनेछ । मिस एस.ई.ई.आइकन २०७५ भने नयाँ बर्ष २०७६ मात्र सुरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा गायक भीम तुलाधर, बुनु राई मानन्धर, मिस नेवा दिया श्रेष्ठ, मिस ग्राण्ड इन्टरनेशनल उरुषा जोशी लगायतले कार्यक्रमको आवश्यकता र महत्वको बिषयमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै