निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्यो, ५ प्रतिशत ब्याज अनुदानमा १० हजारले लिए ऋण
काठमाडौं–बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा बढाएका छन् ।
बैंकहरुको चालु आर्थिक वर्षको पाँच महिनामा १०.२ प्रतिशतले बढी कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गतवर्ष यसै अवधिमा ८.८ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मध्ये बाणिज्य बैंकको कर्जा ९.८ प्रतिशत, विकास बैंकको १४.८ प्रतिशत, वित्त कम्पनीको ७.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा भने बैंक तथा वित्तीय संस्थाले नीजि क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा २४.१ प््रातिशतले बढेको छ ।
बैंकहरुको लगानीमा रहेको कर्जामध्ये ६३.३ प्रतिशत घरजग्गा धितोमा, १४.६ प्रतिशत कर्जा कृषि तथा गैह्रकृषि वस्तुको धितोमा प्रवाह भएको छ ।
यता सरकारले ५ प्रतिशत ब्याज अनुदानमा कृषि तथा पशुपँक्षी व्यवसाय गर्न दिने कर्जा हालसम्म ९ हजार ४ सय ४९ जनाले लिएका छन् । यसमा १४ अर्ब ३९ करोड रुपैयाँ कर्जा बक्यौता छ भने ७५ करोड ८२ लाख ब्याज अनुदान राष्ट्र बैंकले दिएको छ ।
यस्तै भुकम्प पिडितलाई आवासीय घर निर्माणका लागि दिएको सहुलियत पूर्ण कर्जा १ हजार ५ सय ३४ जनाले लिएको राष्ट्र बैकले भनेको छ । पुनर्कर्जाको बक्यौता मंसिर मसान्तसम्म २ अर्ब ४२ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा