टिचिङले भन्यो– दुई अनसनकारीलाई एउटै अस्पतालमा राख्न सकिन्न
काठमाडौं– त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खडकाले दुईवटा अनसकारीलाई एउटै अस्पतालले राख्न नमिल्ने बताएका छन् । चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा अनसनरत डा. गोविन्द केसी र विद्यार्थी विजय थापाको स्वास्थ्य अवस्था बिग्रिएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेलगत्तै निर्देशक खड्काले सो प्रतिक्रिया दिएका हुन् ।
इलाममा अनसनरत डा.केसी र थापालाई आजै काठमाडौ ल्याई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । रातोपाटीसँग कुरा गर्दै निर्देशक खड्काले डा.केसी र थापालाई एउटै अस्पतालमा राख्दा प्राविधिक समस्या हुने पनि बताए । निर्देशक थापाले भने, ‘त्रिवि शिक्षण अस्पतालमा एउटा मात्र आईसीयू कक्ष छ, दुवैजनालाई आईसीयू कक्षमा राख्नुपर्ने देखिएकोले यहाँ राख्न सकिन्न ।’
इमरजेन्सीमा रहेका थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई पनि आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था आएको बताइएको छ ।
निर्देशक खड्काले दुई विपरित माग राखेर अनसन बसेका केसी र थापाको पक्ष र विपक्षमा देखिएको भीड बढ्न सक्ने र अस्पतालमा अराजकता मच्चिन सक्ने संकेत समेत गरे । अहिले अस्पताल परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ । डा.केसी र थापालाई आजै इलामबाट काठमाडौं ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा