जमिन बाँझो राख्न नपाउने नीति आउँदै छ : मन्त्री अर्याल
संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले अबको ३ वर्षमा कुनै पनि खेतियोग्य जमिन बाँझो नहुने बताएकी छन् । उनले सोही अनुसार सरकारले जमिन बाँझो राख्न नपाउने नीति ल्याएको भन्दै यसलाई पूर्णरुपमा कर्यान्वयन गरिने बताइन् ।
शनिबार रुपन्देहीका पत्रकारहरुसँगको बुटवलमा भएको संक्षिप्त कुराकानीमा उनले सरकारले कृृषिको क्षेत्रमा राम्रा कार्यहरु शुरु गर्न लागेको बताएकी हुन् ।
मन्त्रीले अब मालपोत र नापी निजी बैंक जस्तै सुन्दर र सफा हुनेसमेत बताएकी छन् । अब सबै मलपोत र नापि कार्यलय प्रविधि मैत्री बन्नुको विकल्प नभएको भन्दै अबको केही महिनामा नै यसको प्रतिफल प्राप्त हुने उनले बताइन् ।
हिजोको दोहोरो अर्थ लाग्ने गरी कित्ताकाट रोकिएको बताउँदै उनले कृषिजन्य जमिनको मात्रै कित्ताकाट रोकिएको भएपनि सबै कित्ताकाट रोकिएको मानिसको बुझाई हुँदा धेरै समस्या भएको बताउँदै अहिले प्रष्टताका साथ कृषियोग्य मात्रै रोकिएको जानकारी गराएको बताइन् ।
काठमाडौँमा जग्गा खरिदको लागि ११ वटा कम्पनीले मात्रै पाउने मन्त्रीपरिषदले निर्णय गरेपनि पछिल्लो अवस्थामा त्यो निर्णयलाई गुणस्तरीय र निश्चित मापदण्ड पुरा गरेको कम्पनीलाई कार्य गर्न दिने भन्ने योजना रहेको सुनाइन् ।
पहिले जग्गा दलाली गर्ने जनप्रतिनिधिलाई कसरी सम्मान गर्ने भन्ने प्रश्नमा उनले भनिन्, ‘जनताबाट कसम खाएका जनप्रतिनिधिले नै धोका दिएमा उनीहरुको राजनीति तथा व्यक्तिगत जीवनमा कस्तो असर पर्छ ?’ उनले एक पटक जनप्रतिनिधिलाई विश्वास गर्न सबैलाई आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा