शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची ठेक्का तोड्न पत्राचार, नयाँ ठेकेदार नियुक्त गर्न प्रस्ताव

सोमबार, ०७ माघ २०७५, ०७ : ०३
सोमबार, ०७ माघ २०७५

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको छ ।

आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउने मन्त्रिपरिषदबाट निर्यण गर्न लागिएको हो । 

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्चीको ठेक्का रद्द भए बाँकी काम मन्त्रिपरिषदबाट स्वीकृत गराई नयाँ ढंगबाट अघि बढाउने दाबी गरे । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप