शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको गोवामा बन्दै नेपाली ‘गीत गजल’

सोमबार, १४ माघ २०७५, १२ : ४९
सोमबार, १४ माघ २०७५

काठमाडौं – ‘गीत गजल’ नितिन चन्दको निर्देशनमा बनिरहेको फिल्म हो । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मको एक गीत अहिले भारतको गोवामा छायाँकन भइरहेको छ ।

गीतका लागि रोमान्टिक दृश्य कलाकार रुप पोखरेल र आरोही सिंहले दिइरहेका छन् । गोवाका रमणीय स्थानमा फिल्मको रोमान्टिक दृश्य छायाँकन गर्ने काम भइरहेको निर्देशक चन्दले जानकारी दिए । छायाँकन भइरहेको गीतको बोल भने उनले सार्वजनिक गर्न चाहेनन् । उनले भने ‘गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ ।’

सुरेश लामा र अञ्जु पन्तको स्वर रहेको गीतको कोरियोग्राफी निर्देशक आफैंले गरिरहेका छन् । आरोहण क्षेत्रीले निर्माण गरेको फिल्म ‘गीत गजल’ मा रुप र आरोहीका साथै रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे र बालकलाकारहरु योगीशा खत्री, सेजल खान लगायतको अभिनय रहेको छ ।

फिल्मको कथा, पटकथा तथा संवाद अस्मित पोखरेलले लेखेकी हुन् भने बाबु श्रेष्ठको छायाँकन रहेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप