शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रइडे रिलिज : भिड्दै  ‘गोपी’, ‘रणवीर’ र ‘सय कडा दश’

शुक्रबार, १८ माघ २०७५, १२ : ०८
शुक्रबार, १८ माघ २०७५


काठमाडौँ । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एकअर्काेसँग भिड्दै तीन चलचित्र प्रदर्शनमा आएका छन् । देशभर एकसाथ प्रदर्शनमा आएका चलचित्र हुन् ‘रणवीर’, ‘गोपी’ र ‘सय कडा दश’ । तीनै चलचित्रको विषयवस्तु भने फरक–फरक रहेको बताइएको छ । 

‘गोपी’
दीपेन्द्र लामाको निर्देशन रहेको ‘गोपी’ स्वदेशमै स्वभिलम्बन बन्न प्रेरित गर्ने फिल्म हो । प्रदर्शन अगाडि दुई विशेष शोमा विशिष्ट व्यक्तित्वलाई देखाइएको यो फिल्मले उक्त शोमा सबैको मन जित्न सफल भएको थियो ।

गाईपालक युवकको विषय राम्रोसँग देखाएको यो फिल्ममा बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा, अंकित खड्कालगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् । सामिप्यराज तिमल्सिनाको लेखन, शैलेन्द्र डि. कार्कीको छायाँकन रहेको फिल्मले देशभर राम्रो शो पाएको निर्माता श्रीधर पौडेलले बताए ।

‘रणवीर’
प्रेमकथामा आधारित एक्सन प्रधान फिल्म ‘रणवीर’ले भ्रष्टाचार, बेथिती, ढिलासुस्ती, अपहरण जस्ता विषयले निमत्याएको समस्या देखाउन खोजेको छ ।

गोविन्द सिंह भण्डारीले निर्देशन गरेको फिल्म बिहिबार प्रिमिएर गरिउको थियो । पत्रकार र कलाकारकालागि गरिएको प्रिमिएरमा नेपाली काँग्रेस नेता रामचन्द्र पौडेल समेत पुगेका थिए ।

सुशील सिटौला, नव –अभिनेत्रीद्वय सुभेक्षा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, रवि गिरी, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटा, शैलेश्वरी सिंहलगायतको अभिनय फिल्ममा रहेको छ । 

यस अगाडि गाजा बाजा जस्तो फिल्म निर्माण गरिसकेका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीर मिलेर बनाएका हुन् । रणबीरमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, राजनराज शिवाकोटा, हर्कुलस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछाने, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ । 

‘सयकडा दश’

केही दिन अगाडि बैंककमा प्रिमिएर गरिएको फिल्म ‘सयकडा दश’ रामशरण पाठकले निर्देशन गरेका हुन् । भष्टाचार नियन्त्रणका लागि प्रेम बलियो कसी हो भन्ने सन्देश फिल्मले दिन खोजेको छ । 

ब्याङ्ग्य माष्टर मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्ट समेत मुख्य भूमिकामा छन् ।

दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप