नेपाल लाइफको अधिकांश सूचकमा प्रगति, नाफा बढ्दा जीवन बिमाकोषको आकार २४.३ प्रतिशतले बृद्धि
काठमाडौं–नेपाल लाइफ इन्सुरेन्स कम्पनीले ०.३० प्रतिशतले खुद नाफा बृद्धि गरेको वित्तीयय विवरण सार्वजनिक गरेको छ ।
नेपाल लाइफले २८ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको यसै अवधिमा नेपाल लाइफले २७ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
नियामक बिमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी जीवन बिमाका लागि २ अर्ब रुपैयाँ हो । बिमा कम्पनीहरुमध्ये चुक्ता पुँजीमा सबैभन्दा अगाडी नेपाल लाइफ इन्सुरेन्स रहेको छ । कम्पनीले जगेडा कोषमा ३ अर्ब ७३ करोड रुपैयाँ राखेको छ ।
यस्तै कम्पनीको जीवन बिमा कोषको आकार ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा २४.३३ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा जीवन बिमा कोषको आकार ४५ अर्ब ६३ करोड रुपैयाँ थियो ।
कम्पनीको महाविपत्ति कोषमा ३७ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीले दोस्रो त्रैमासमा पुर्नबिमा कमिसनबाट १ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । हालसम्म कम्पनीले ७९ अर्ब १५ करोड रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेको छ । कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्रानी गर्न बाँकी छ ।
दोस्रो त्रैमाससम्म नेपाल लाइफको प्रतिसेयर आम्दानी १२.७६ पैसा रहेको छ । यसमा प्रतिसेयर आम्दानी गणना गर्दा गत वर्षको सेयर संख्यालाई लिइएको कम्पनीले भनेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा