शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झुठो बकपत्रले २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना

बुधबार, ०१ फागुन २०७५, १८ : २३
बुधबार, ०१ फागुन २०७५

जनकपुर– सर्लाही अदालतमा एक जाहेरीकर्ताले बयान दिने क्रममा कुरा फेरेको र झुठो बयान दिएको भन्दै उच्च अदालत जनकपुरले २० दिन कैदसहित २ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

सर्लाहीको साविक मोतिपुर गाविस वडा नम्बर ४ बस्ने भुपनारायण महतोले सर्लाही जिल्ला अदालतमा दिएको जोहरीमा प्रतिवादीहरुले आँखा फोडेको र अंगभंग गरेको किटान गरिएको थियो । तर अदालतमा बकपत्रको क्रममा भुपनारायण महतोले मोटरसाईकलबाट औषधी लिन जाँदा आफै लडेको भनि बयान दिएको देखिएको भन्दै उच्च अदालत जनकपुरले कैदसहित जरिवानाको फैसला गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरीवाला भुपनारायण महतोले मिति २०७२ भदौँ १० गते भएको घटना भदौँ ११ गते जाहेरी दिएका थिए । सो जाहेरीमा महतोले नाम किटान गरी सर्लाही मोतिपुर बस्ने रामविश्वास राय, प्रमोद साह, दिनेश राय, पर्शुराम साहले कुटपिट गरेको र रामविश्वासले प्रहार गरेको ईटाबाट आँखा फुटेको भनि किटानी जाहेरी दिएका थिए । 

सोहीअनुसार नेपाल सरकारले सर्लाही जिल्ला अदालतमा मुद्दा जाहेरी गराई गरेपछि सर्लाही अदालतले बकपत्रको आधारमा प्रतिवादीहरुलाई सफाई दिएको थियो ।  सर्लाही अदालतमा दिएको बकपत्रमा बयान फेरिएको र झुठो बयान दिएको देखिएको भन्दै मुख्यन्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश ध्रुवराज नन्दको संयूक्त ईजलासले महतोलाई २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको हो ।

भुपनारायण महतोले झुठो बकपत्र दिएको देखिएकोले सरकारी मुद्दा सम्बन्धी २८ को २ (क) बमोजिम सजायको फैसला सुनाएको उच्च अदालत जनकपुरका ईजलाश शाखा अधिकृत गम्भिरबहादुर राउतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप