‘महिन्द्रा उदय फेस्टीवल २०१९’ मा मोविलीटी सोलुसनका भेइकलहरु
काठमाडौं– महिन्द्राले मोविलीटी सोलुसन अन्तर्गतका पुरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म ‘महिन्द्रा उदय’ २०१९ फेस्टीवलमा प्रदर्शन गर्ने भएको छ ।
नेपालमा पहिलो पटक हुन गइरहेको फेस्टीवल लाईफस्टाईल अटो शो, अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले संयुक्त आयोजना गर्ने भएका हुन् ।
महिन्द्राका निम्न भेइकलहरु फेस्टिवलमा प्रदर्शन हुन लागेका छन् ।
–महिन्द्राको विश्वस्तरीय रेन्जका टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटर जस्ता प्रोडक्टहरुको प्रदर्शनी ।
–महिन्द्राका नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरुको प्रदर्शनी ।
–हेवी कमर्शीयल भेइकल अन्तर्गत ब्लाजो तथा मझौला कमर्शियल भेइकल अन्तरगत फ्युरीयोको प्रदर्शनी ।
–स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोरह्वील ड्राइभ ट्याक्टर प्रदर्शनी ।
–नेपालको शहरहरुमा सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कारहरु–ईटुओ र ईभेरिटोको प्रदर्शनी ।
–महिन्द्राको रेसिङ् इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण ।
–महिन्द्राको एक्सयूभी ५००, टियूभी ३००, केयूभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पाङ्ग्रे ईअल्फाको पनि प्रदर्शनी हुनेछन् ।