सरकारले जनताको अपेक्षा पूरा गरेरै छाड्छ : मन्त्री वराल
बुटवल । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन वरालले अहिलेको सरकारले निर्वाचनमा गरेको प्रतिवद्धता र जनताले गरेको अपेक्ष पूरा गरेरै छाड्ने दाबी गरेका छन् ।
आइतवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर–५, बम्घा काउलेमा रहेको जनज्योति प्राथामिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई समवोधन गर्दै मन्त्री वरालले यस्तो बताएका हुन् ।
स्थानीयदेखि प्रदेश र संघीय सरकारले हालसम्मको कार्याकाल संघीयता कार्यन्वयन, नीति निर्माणमा ब्यस्त रहेको उल्लेख गर्दै उनले अबको कार्यकाल विकास र समृद्धिमा केन्द्रित हुने बताए ।
विपक्षीहरुले अहिलेको सरकारले केहि गर्न नसकेको भ्रम छरेको हुन सक्ने भन्दै मन्त्री बरालले त्यस्ता भ्रमहरु अब यो सरकारको कामले नै चिर्ने दावी गरे ।
‘स्थानीयदेखि प्रदेश र संघीय सरकारले अब विकासको गति लिँदैछ , तपाइँहरु कोही पनि निरास हुनु पर्दैन’, मन्त्री वरालले भने, ‘हामीले निर्वाचनमा गरेका प्रतिवद्धता बिर्सेका छैनौं , जसलाई कार्यान्वयन गर्न र तपाइँहरुले हामी संग ज्ुन अपेक्षा राखेर भोट दिनु भएको थियो त्यो अपेक्षा पुरा गर्न अहिलेको सबै तहको सरकार दत्तचित्त भएर लागि परेको छ, ढुक्क हुनुहोस् । ’
उनले विद्यालयको कम्पाउण्ड निर्माणका लागि प्रदेश सरकारले यस आर्थिक बर्षमा ६ लाख विनियोजन गरेको, रुद्रवेणी देखि वम्घा, रानीवास बलेटक्सार सडकस्तर वृद्धिको काम यसैवर्ष सम्पन्न हुने जानकारी दिए ।
त्यस्तै धोवीघाट सडक चौडा पार्ने , बम्घाको खानेपानी समस्या समधान गर्न योजनाको अब छिट्टै टेण्डर गरिने , रानीवासमा रहेको क्याम्पसका लागि १५ लाख रुपैयाँ प्रदेश सरकारले छुट्टाएको र यस भेगका अन्य विभिन्न विद्यालयलाई पनि रकम विनियोजन गरिएको उनले बताए ।
कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका प्रमुख निलकण्ठ गौतम, छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्त , रुरु क्षेत्र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण गिरी, बम्घाका वडाध्यक्ष हरि ज्ञवाली, नेकपा रुरु क्षेत्र गाउँ कमिटी सचिव नारायण पौड्याल, सोही पार्टी छत्रकोट गाउँ कमिटी अध्यक्ष रामप्रसाद पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ताराबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानुभक्त भण्डारीको सवागत मन्तब्य र विश्व ज्ञवालीको सञ्चालन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा