शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : नेकपाद्वारा संसद समितिमा हेरफेर, सांसदले किर्ते हस्ताक्षर गरेको रहस्य खुलासा

आइतबार, ०५ फागुन २०७५, १८ : २०
आइतबार, ०५ फागुन २०७५

जनकपुर– नेकपा भित्रको विवादले उग्ररुपमा लिन थालेपछि प्रदेश नम्बर २ को प्रदेशसभामा रहेका विभिन्न समितिहरु हेरफेर गरिएका छन् । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध सांसद शत्रुधन महतोले मनोयन दर्ता गराएपछि उत्पन्न विवादलाई साम्य पार्नका लागि नेकपाले सो कदम चालेको हो ।

संसदका विभिन्न समितिमा हेरहेर गर्नका लागि प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको नेकपाले जनाएको छ ।  वागी उम्मेद्वार शत्रुधन महतोलाई प्रदेश मामिला समिति, सार्वजनिक लेखा समितिमा रहेका सांसद रामकुमार यादवलाई विकास समितिमा पठाउने निर्णय गरेको नेकपाले जनाएको छ । त्यस्तै जगतारैन देवी साह र कुन्दन कुशवाहालाई सार्वजनिक लेखा समितिमा ल्याइएको प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले जानकारी दिए । 

प्रमुख सचेतक विश्वकर्माले प्रदेशसभा सचिवालयमा दर्ता गराएको जानकारी दिए । उनले संसदीय समितिको नाम परिवर्तन सम्बन्धमा चार जनाको समिति परिवर्तन गरि दिनका लागि अनुरोध गरिएको सम्बन्धमा समेत पत्र दर्ता गराएको बताए ।

पार्टीको नीति विपरीत सांसद महतोले उम्मेदवारी दर्ता गरेकाले पार्टीले विवाद साम्य पार्नका लागि समिति परिवर्तन गरिएको उनले स्पष्ट पारे । नेकपाले लेखा समितिमा आधिकारिक उम्मेद्वार सांसद साहलाई सभापति बनाएको थियो । 

यता, विपक्षी काँग्रेसले नेकपाको आधिकारिक उम्मेदवारको दावी गरेका सांसद साहले प्रदेशसभामा पेस गरेको मनोयनपत्रमा सांसद रामकुमार यादवको किर्ते हस्ताक्षर भएको दाबी गरेको छ । उसले सो कुराको छानविन गर्न समेत माग गरेको छ ।

सांसद रामकुमार यादवले किर्ते हस्ताक्षर गरेको विषयमा संसदमा लिखित  निवेदन दिएपछि सांसद साहले किर्ते गरेको कुरा बाहिरिएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप