भैरहवामा सुबिसुको नयाँ शाखा, स्थानियलाई ईन्टरनेट तथा टिभि सेवामा बिषेश छुट
काठमाडौं– नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केवलनेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँ शाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराजकार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरे ।
शखाबाट सुबिसुले भैरहवा तथा त्यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसुसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदानगर्ने, कम्पनीका बिभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको अन्य सेवा आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्ने जनाएको छ ।
साथै भैरहवा आसपासका उपभोत्ताहरुलाई समय र ग्राहकको चाहना अनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटिटिएच ईन्टरनेट तथा क्लियर टिभी सेवा सहुलियत दरमा प्रदान गर्नेछ । क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एच डि) च्यानलहरु हेर्न सकिने छ ।
एफटीटीएच सेवामा न्युनतम १५ एमबीपीएस गति देखि १ सय एमबीपीएस गति सम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ । यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभी सेवामा बिषेश छुट प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा