शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार रेग्मीको ७८ वर्षको उमेरमा निधन

बुधबार, ०८ फागुन २०७५, २२ : ०३
बुधबार, ०८ फागुन २०७५

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको आज दिउँसो ७८ वर्षको निधन भएको छ । 

विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका रेग्मीलाई आज सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले राससलाई जानकारी दिए । 

चिनी र उच्च रक्तचापबाट पीडित भएपनि खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उनको निधन भएको जानकारी अस्पतालले दिएको उनले बताए । स्व रेग्मीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

‘नेपालमा आम सञ्चारको विकास ,२०५८’ नामक कृति प्रकाशित छन् । ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टिः दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित छन् । 

उनी गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित  हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप