सवारी दुर्घटनामा १९ जनाको मृत्यु
शुक्रबार, १० फागुन २०७५, २१ : ३३
तान्जिनिया- सवारी दुर्घटनामा परी तान्जिनियामा बिहीबार राति कम्तिमा १९ जनाको मृत्यु भएको छ ।
सीमा क्षेत्रमा पर्ने तान्डुमबाट दार–ए–सलामतर्फ आइरहेको मालबहाक मिनि ट्रकले विपरित दिशाबाट आइरहेको अर्को मिनि ट्रकलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
सोङवे क्षेत्रीय अस्पतालका मेडिकल अफिसर हेनरी काग्वाले दुर्घटनामा परी १७ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पतालमा मृत्यु भएको शुक्रबार जानकारी दिए ।
स्थानीय समय अनुसार बिहीबार बेलुका नौ बजेतिर सेन्जेल हिलमा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
मृत्यु भएका मध्ये १५ जना महिला र चार जना पुरुष रहेका छन् । एउटा मिनि ट्रकले नियन्त्रण गुमाएर अर्को मिनि ट्रकलाई ठक्कर दिएकाले धेरै जनाको मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु