नुवाकोटका उद्धव पौडेल लागुऔषध मुद्दामा जेल चलान
सोमबार, २७ फागुन २०७५, २० : ०४
काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ ।
ब्यूरोको टोलीले काठमाडौँ जिल्ला अदालत २०७३ भदौ २१ को फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना सुनाएपछि फरार रहेका नुवाकोटका उद्धव पौडेललाई आइतबार बालाजुबाट पक्राउ गरी आज सुन्धारा जेल चलान गरेको हो ।
पौडेलले २०७२ साल फागुनमा काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा १५० पिस डाइजेपाम, नुर्फिन र फेनार्गन लिएर हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।
अदालतमा धरौटी तारेखमा छुटेलगत्तै फरार पौडेललाई पुनः फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’