शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र सिके राउतबीचको सम्झौताविरुद्ध सिटी जुलुस

मङ्गलबार, २८ फागुन २०७५, ११ : २८
मङ्गलबार, २८ फागुन २०७५

सर्लाही– सरकार र सिके राउतवीच भएको ११ बुँदे सम्झौताको विरोधमा सर्लाहीका विद्यार्थीहरुले सिटी जुलुस निकालेका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवनमा रहेको चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार सिटी जुलुस निकालेका हुन् । 

नेपाल सरकारले देशद्रोही सिके राउतसँग सम्झौता गरी राष्ट्रघाती निर्णय गरेको भन्दै त्यसको विरुद्धमा सिटी जुलुस निकालिएको स्वावियु सभापति प्रज्जव ढुंगानाले जानकारी दिए ।

विद्यार्थीहरुले सहमतिको बुँदानम्बर २ र ६ को सम्झौता विरुद्ध सिटी जुलुस निकालेको अनेरास्वावियुकी केन्द्रीय सचिव आरती लामाले बताइन् । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप