शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारकर्मी कृति भट्टराईले खोलिन ‘ललित फरिया हाउस’

शुक्रबार, ०१ चैत २०७५, २१ : २८
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं । सञ्चारकर्मी कृति भट्टराईले जावालाखेलमा ‘ललित फरिया हाउस’ सञ्चालनमा ल्याएकी छन् । 

भट्टराईले सञ्चालनमा ल्याएको फरिया हाउस कलाकार विपना थापा, दिपाश्री निरौला, बबिता बस्नेतले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।  

ललित बहुउद्देश्यीय सहकारीमा आबद्ध केही महिलाहरुको संयुक्त पहलमा पसल सञ्चालनमा ल्याइएको सञ्चालिका भट्टराईले जानकारी दिइन् । 

यो फरिया हाउस महिलाहरुको पहिरनको लागि उपयुक्त थलो हुने कृतिको विश्वास रहेको छ । 

पसलमा साह्री, कुर्तालगायत झोला जुत्तालगायत अन्य सामानहरु एकै ठाउँमा पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप