शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्ट्राको पर्सनल केयरका उत्पादनहरु बजारमा

आइतबार, ०३ चैत २०७५, १६ : ०६
आइतबार, ०३ चैत २०७५

काठमाडौं– बाल्ट्राले पर्सनल केयर अन्तर्गत विभिन्न रेञ्जका हेयर ड्रायर, कर्लर, स्ट्रेटनर तथा ट्रिमरहरु नेपाली बजारमा भित्राएको छ ।

बाल्ट्राले विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ पस्किँदै आएको छ । यसै क्रममा आफ्ना ग्राहकहरुका लागि बाल्ट्राले १ वर्ष वारेण्टी भएको पर्सनल केयर अन्तर्गत विभिन्न रेञ्जका हेयर ड्रायर, कर्लर, स्ट्रेटनर तथा ट्रिमरहरु नेपाली बजारमा भित्राएको हो । 

नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको विभिन्न मोडलका पर्सनल केयरका उत्पादनहरुमा स्टाईलिस सिलिकन ग्रिप रहेको छ । बाल्ट्रको हेयर ट्रिमरमा उच्च क्षमताको एन आई डि सी रि–चार्ज गर्न मिल्ने ब्याट्री रहेको कम्पनीको दावी छ । 

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप