शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्री यादवले भने ‘नोबेल अस्पताल गुणस्तरीय उपचार केन्द्र बन्दै गएको छ’

आइतबार, ०३ चैत २०७५, २२ : ३१
आइतबार, ०३ चैत २०७५

विराटनगर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले नोबेल शिक्षण अस्पताल गुणस्तरीय स्वास्थ्य उपचार केन्द्रका रुपमा बिकास हुँदै गएको बताएका छन् । नोबेल अस्पताल निरीक्षणका क्रममा आइतबारसाँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

       नोबेल अस्पताल उच्च स्तरीय सेवा प्रवाहका हिसावले अघि बढ्दै गएको भन्दै मन्त्री यादबले उच्च स्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा नोबेलको उज्वल भविष्य देखेको बताए । ‘नोबेल यो भेगका लागि महत्वपूर्ण एवं गुणस्तरीय उपचार केन्द्रको रुपमा विकास हुदै गएको छ,’ मन्त्री यादबले भने ।

       सरकारी स्तरबाट मात्र सवै कुरा सम्भव हुन नसक्ने भन्दै उनले सरकारी र नीजी दुवै स्वास्थ्य सस्थालाई पार्टनरको रुपमा अघि बढाउँनुपर्ने आवश्यकता र सरकारी नीतिसमेत रहेको प्रतिक्रिया दिए ।

       मन्त्री यादबलाई नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा, नायव प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, अन्र्तराष्ट्रिय निर्देशक डा.निरञ्जन कुमार लगायतले अस्पतालका बारेमा जानकारी गराएका थिए ।

       सो क्रममा मन्त्री यादबले नोबेल अस्पतालका बिभिन्न बिभागको निरीक्षण गरी बिरामी र बिरामीका आफन्तसँग कुराकानीसमेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप