शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलायो

मङ्गलबार, ०५ चैत २०७५, २२ : ११
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– काभ्रेमा गोली चलेको छ । प्रहरीले राज्यद्वारा प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता पक्राउ गर्ने क्रममा जिल्लाको रोशी गाउँपालिकामा मंगलार साँझ गोली चलाएको हो ।

सो क्रममा एक जना विप्लवका कार्यकर्ता पक्राउ परेको भएपनि गोली कसैलाई लागे–नलागेको खुल्न बाँकी रहेको छ । 

विप्लवका कार्यकर्ता सो क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा पुगेको महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले गोली चलाएको बताइएको छ । 

सरकारी प्रतिबन्धपछि प्रहरीले देशभर विप्लव समूहको गतिविधिमाथि निगरानी बढाएको छ । 

आजैमात्रै विप्लव समूहले जनप्रतिनिधि, राजनीतिक दल र प्रहरीलाई काभ्रेबाट लखेट्ने धम्कीपूर्ण अभिव्यक्ति बाहिर ल्याएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप