शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी हाल्ने श्रेष्ठमाथि खनिए नेकपा नेता थापा

मङ्गलबार, ०५ चैत २०७५, २३ : २०
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– नेकपा नेता सूर्य थापाले पार्टी अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी हाल्ने तिलक श्रेष्ठको कडा आलोचना गरेका छन् । 

 हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत  श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा प्रचण्डलाई ‘आतंककारी’ भन्दै उजुरी हालेका थिए । 

‘नेपालको शान्ति प्रक्रिया अमेरिकासहित विश्वको समर्थन र सद्भावमा सफलताका साथ आजको अवस्थासम्म आएको संसारलाई अवगत नै छ । पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड'लाई 'आतंककारी' भनी उजुरी गरेका व्यक्ति भूतपूर्व नेपाली तिलक श्रेष्ठ (Parcial Head Damaged -PHD!)  रहेको तथ्य स्पष्ट छ ’  थापाले भनेका छन्, ‘यस्ता परपीडक मान्छे, जसले नेपालका पूर्व प्रधानमन्त्रीको पारिवारिक पीडामा अझ नुनचुक थप्न खोजे, यो अत्यन्त रद्दी र घिनलाग्दो तरिका मात्र हो ’

 संविधान, कानुन र विधिको शासनका पक्षमा विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउने प्रचण्डमाथि श्रेष्ठले अपमान गर्ने प्रयास गरेको भन्दै थापाले खेद व्यक्त गरेका छन् । 

थापाले शान्ति प्रक्रिया विरोधी र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठाविपरीत क्रियाकलाप गर्ने श्रेष्ठमाथि सरकारले छानविन गरी आवश्यक दण्ड दिने प्रबन्ध गर्नुपर्ने माग समेत गरेका छन् । 

 

याे पनि..

प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप