बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको जलेर मृत्यु

शनिबार, ०९ चैत २०७५, १६ : ३४
शनिबार, ०९ चैत २०७५

सिरहा सिरहमा आगोले जलेर एक महिलाको ज्यान गएको । सिरहा कल्याणपुर नपा ७ भेडियाकी स्वरुप सदयकी ५० वर्षिय  श्रीमती बणरसीया देवी सदायको आगोमा जलेर ज्यान गएको हो । 
घरमै खाना बनाइरहेकी सदायको एक्कासी साडीमा आगो सल्किन पुगेको थियो । जलेर घाइते भएकी सदाको उपचारको क्रममा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको प्रहरीले जनाएको छ । 
साडीमा लागेको आगो खरको घरमा समेत आगो लागेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार मृत्यु हुनुका साथै आगलागीबाट करिव ३५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप