दुई चिनियाले सक्कलीसँग १ हजार नक्कली आइफोन साटेर एप्पललाई लाखाैं डलर चुना लगाए
अमेरिकाको ओरेगानमा इन्जिनियरिङ अध्ययन गरिरहेका दुई चिनियाँ विद्यार्थीहरुले १ हजार नक्कली आइफोनको फोनको सट्टामा सक्कली फोन साटेर एप्पल कम्पनीलाई चुना लगाएको खुलेको छ ।
याङयाङ झाओ र क्वान जियाङ नाम गरेका ती दुई युवाहरुले हङकङबाट १ हजार नक्कली फोन अमेरिका ल्याएर ती फोनहरु नखुलेकोले वारेन्टी सिस्टम अन्तर्गत सक्कली आइफोनसँग साट्ने गरेका थिए । उनीहरुले सन् २०१७ को समयमा यो कार्य अत्यधिक गरेका थिए । उनीहरुले त्यसरी एप्पल कम्पनीलाई लामो समयसम्म झुक्याउँदै ८ लाख ९५ हजार ८ सय अमेरिकी डलर बराबरको नोक्सानी गराएका थिए ।
विद्यार्थी भिसामा अमेरिकामा अध्ययनरत ती दुई विद्यार्थीहरुमध्ये झाओ ओरेगन स्टेट युनिभर्सिटीमा र जियाङ चहिँ लिन वेन्टन कम्युनिटी कलेजमा पढ्ने गर्थे । उनीहरुले व्यक्तिगत रुपमा र अनलाइनमार्फत् त्यसरी नक्कली आइफोनलाई सक्कली भन्दै ती फोनहरु खराब रहेको, खुल्न नसकेको जनाउँदै बदलामा सक्कली फोन लिएर चीनमा पठाएर बेच्ने गरेका थिए ।
पछि डिसेम्बर २०१७ मा भन्सार अधिकारीहरुले एप्पलको लोगो टाँसिएको एउटा पार्सलमा शंका लागेर छानविन गर्दा उनीहरु पक्राउ परेका थिए ।
अहिले झाओमाथि नक्कली कागजातहरु पेश गरेको तथा जियाङलाई नक्कली सामानको तस्करी तथा अनलाइन फ्रड गरेको आरोपमा मुद्दा चलाइएको छ ।
तर यसबारे एप्पल कम्पनीले अहिलेसम्म आधिकारिक रुपमा मुख खोलेको छैन ।
Photo Source: www.livemint.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन