आईसीसी यू–१९ विश्वकपः मलेसियासगँको जारी खेलमा नेपाललाई दोस्रो सफलता
काठमाडौं – नेपालले मलेसिया जारी आईसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिता तेस्रो खेलमा मलेसियालाई दबाबमा राखेको छ ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा मलेसियाले ४ ओभरभित्रै २ विकेट गुमाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पहिलो ओभरमै विकेट गुमाएको छ ।
मलेसियाका अस्लम खान शुन्य रनमै आउट भएका हुन् । उनलाई दीपेन्द्र सिंह ऐरिले अस्लाम खानलाई क्याच आउट गरेका हुन् । यस्तै कमलसिंहले ४.२ ओभरमा दोस्रो विकेटको रुपमा वान अमिरुललाई आउट गरे । पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।
पछिल्ला ५ खेलमा मलेसियाले नेपालमाथि जित दर्ता गर्न सकेको छैन । मलेसियाविरुद्ध जित निकाले विश्वकपमा छनोट हुने नेपालको सम्भावना कायमै रहनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ भने ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया भने पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा