मुक्तिनाथ विकास बैंकको तीन नयाँ आकर्षक योजना
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ ।
बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको हो ।
भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्सटान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेबिट कार्ड को निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेबिट कार्ड लिन पाउने छन् ।
त्यसैगरी मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटिएमबाट बिना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ ।
साथै मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १०% तथा एनसेलमा रिचार्ज गर्दा ५% सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।
हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना