नयाँ वर्षमा प्रमलाई काँग्रेसको सुझाव : अब जिम्मेवार भएर देशको नेतृत्व गर्नुहोला
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७५ सालमा जनताले सरकारबाट चेतावनी र धम्की उपहार पाएको बताएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीलाई धम्कीको दिने काम गरेको बताएको हो ।
साथै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक रहेको ठहर गरेको छ । पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाए ।
‘बुढाबुढीको छेउमा गएर नभन्नुहोला, ढुंगा हान्छन् । केटाकेटीले सुन्ने गरी नभन्नुहोला लखेट्छन् भन्नुभयो,’ उपसभापति निधिले भने, ‘प्रधानमन्त्रीको यो अभिव्यक्तिे आपत्तिजनक छ, हामी यसको घोर भत्सना गर्दछौँ ।’
आफ्ना कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनेको भनाई थियो ।
शुक्रबार ११ विद्यार्थी संगठनले गरेको कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आन्दोलन गर्न आह्वान गरेका थिए ।
त्यसको दुईदिन पछि २०७६ सालको पहिलो दिनको अवसर पारेर सुरु गरिएको ‘खोलौँ बैंक खाता अभियान’ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘अस्तिका दिन पनि १३ वटा विभिन्न आकार प्रकारका नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन् । म अरु केही भन्दिन, नगर्नुस्’ भनेर भनेका थिए ।
यता, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे ।
उनले भने, ‘अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न प्रधानमन्त्रीलाई हाम्रो आग्रह छ ।’
साथै उनले सरकारले शान्ती सुरक्षा, सुशासनमा शून्य सहनशीलताको साटो शून्य संवेदनशीला देखाएको काँग्रेसको आरोप छ ।
प्रवक्ता शर्माले बालुवाटारको जग्गा काण्डमा मुछिएका सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेलमाथि प्रधानमन्त्री कस्तो कदम चाल्छन् हर्न बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा