शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षलाई सेयर बजारको स्वागत, बजार ४.७० अंकले बढ्यो

सोमबार, ०२ वैशाख २०७६, १७ : ०८
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं– नयाँ बर्षलाई सेयर बजारले स्वागत गरेको छ । वर्ष २०७६ को दोस्रो दिन (बैशाख २)  सेयर बजारमा हरियाली देखिएको छ । बजार ४.७० अंकले बढेर ११८८.७१ बिन्दुमा अडिएको छ । यद्यपि कारोबार रकम भने खासै बढेको छैन । यस दिन ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबामा १६५ कम्पनी सामेल भए । आज बैकिङ समुह (५.८९ अंक), होटल समुह (२२.४९ अंक), विकास बैंक समुह (४.१३ अंक), निर्जिवनबिमा समुह(६.९५ अंक), उत्पादन तथा प्रशोधन समुह (१०.३५ अंक)  र माइक्रो फाइनान्स समुह (४२.४४ अंक) मा हरियाली छाएको छ । 

यता जलविद्युत, फाइनान्स, जीवन बिमा समुह र अन्य समुहमा भने गिरावट  आएको छ । आज सबैभन्दा बढी नेको इन्सुरेन्सको कारोबार भएको छ । नेकोको २ करोड ७५ लाख ५० हजार रुपैयाँँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंकको १ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप