कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक
भक्तपुर -राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ ।
अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा