शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेन्जेमाले हारबाट जोगाए रियललाई

मङ्गलबार, ०३ वैशाख २०७६, ०८ : ५०
मङ्गलबार, ०३ वैशाख २०७६

एजेन्सी – स्पेनिस ला लिग फुटबलको उपाधि दावेदार रियल म्यड्रिडले तुलनात्मक रुपमा कमजोर टोली लेगानेससँग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा रियल लेगानेससँग १–१ गोलको बराबरी रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता लेगानेसले लिएको थियो । घरेलु मैदानमा भएको लेगानेसका लागि जोनाथन सिल्भाले ४५औं मिनेटमा गोल गरेका थिए । लेगानेसको गोलपछि जोसिएको रियलले ५१औं मिनेटमा बराबरी गोल फर्कायो । रियलका करिम बेन्जेमाले बराबरी गोल गरेका थिए । बेन्जेमाले रियलका लागि पछिल्ला चार खेलमा पाँच गोल गरिसकेका छन् । लेगानेसविरुद्ध पनि उनकै गोलले रियल हारबाट जोगियो ।

यस बराबरीले रियलले दोस्रो स्थानको एट्लेटिको म्यड्रिडसँग अंक दुरी घटाउने मौका गुमाएको छ । तेस्रो स्थानमा रहेको रियलले ३२ खेलबाट ६१ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिकोको ६५ अंक छ । शीर्ष स्थानमा आसिन बार्सिलोनाको ७४ अंक छ । ११औं स्थानमा रहेको लेगानेसले ४१ अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप