नेका सभापछि शेर बहादुर देउवा भन्छन्ः सरकारको स्वेच्छाचारिता बढ्यो !
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको स्वेच्छाचारीता बढ्दै गएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा पुर्व सांसद एवं नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति रुद्रमणि शर्मा भण्डारीको १० औ पुण्यतिथिका सन्र्दभमा सनिबार काठमाण्डौमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै सभापति देउवाले उक्त आरोप लगाएका हुन् ।
नेपाली सेना तथा संवैधानिक निकायमाथि आफ्नो वर्चश्व कायम गर्दै लगेर ती निकायलाई कमजोर बनाउने काम सरकारबाट भइरहेको’ दावी गर्दै उनले ‘त्यसविरुद्ध एकढिक्का हुन’ कांग्रेसका कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । देउवाको भनाइ थियोः ‘सरकारका गतिविधि विरुद्धको प्रतिकार र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धनका लागि पार्टी आन्तरिक रुपमा नै शसक्त र एकढिक्का हुनुपर्छ ।’
पूर्व सभामुख दमननाथ ढुंगानासहित नेता कार्यकर्ताको उपस्थिति रहेको उक्त श्रद्धाञ्जली सभा नेपाली कांग्रेस गुल्मी काठमाण्डौ मञ्चले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा