‘मिस वर्ल्ड’ र ‘मिस यूनिभर्स’ बनेका बलिउडका १० अभिनेत्री, के गर्दैछन् आजभोलि ?
एजेन्सी – बलिउडमा जमेका सुन्दरीहरु थुप्रै छन् । तीमध्ये संसारभरीनै आफ्नो सुन्दरताको कारण चर्चामा रहेका अभिनेत्री पनि उत्तिकै छन् । कसैले विश्व सुन्दरीको ताज पहिरिएका छन् त कसैले मिस यूनिभर्सको । तीमध्ये केहिले फिल्ममार्फत दर्शकको मन र मुटुमा राज गरिरहेका छन् भने कोहि ताज पहिरिएसँगै हराएर गए । विश्वमा नै सुन्दरताको ताज पहिरिएका ती सुन्दरी अहिले चाहीँ के गर्दैछन् त ?
ऐश्वर्या राय
सन् १९९४ को विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्या रायले बलिउडमा निकै सफल फिल्महरुमा काम गरिन् । सुन्दरतासँगसँगै उनको अभिनयले धेरैले उनलाई अत्याधिक रुचाए । उनले अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । उनको एक छोरी पनि छिन् । बिहेपछि पनि उनी निरन्तर फिल्ममा काम गरिहेकी छिन् ।
लारा दत्त
लारा दत्त सन् २००० मा मिस यूनिभर्स बनेकी थिइन् । उनले फिल्म ‘अन्दाज’ बाट बलिउडमा डेब्यू गरिन् । तर लामो समयसम्म उनले फिल्ममा सफलता पाउन सकिनन् । उनले टेनिस स्टार भूपतिसँग बिहे गरिन् र फिल्म संसारबाट टाढिइन ।
संगीता बिजलानी
सन् १९८० को मिस इन्डिया बनेकी संगीता र सलमान खानको अफेयरले बलिउडमा निकै चर्चा पायो । तर, केही समयमा नै उनीहरुको ब्रेकअप भयो र उनले क्रिकेटर अजहरुद्दीनसँग बिहे गरिन् ।
जूही चावला
सन् १९८४ मा मिस इन्डिया बनेकी जूही चावलाले बलिउडमा थुप्रै सफल फिल्ममा अभिनय गरिन् । उनको बिहेले धेरैलाई आश्चर्यमा पारिदियो । उनले आफूभन्दा बढी उमेरका जय मेहतासँग बिहे गरिन् ।
प्रियंका चोपडा
सन् २००० मा मिस वल्र्ड (विश्व सुन्दरी) बनेकी प्रियंका चोपडाले बलिउडमा मात्रै होइन हलिउडमा पनि निकै सफल फिल्म काम गरेकी छिन् । उनले गत वर्ष हलिउड गायक निक जोनससँग बिहे गरिन् । उनी अझै फिल्म क्षेत्रमा नै व्यस्त छिन् ।
नेहा धूपिया
सन् २००२ मा फेमिना मिस इन्डियाको ताज पहिरिएकी नेहाले फिल्ममा निकै बोल्ड सीन दिएकी थिइन् । यद्यपि उनको फिल्म सफल हुन सकेन ।
सोनू वालिया
सोनू वालियाले सन् १९८५ मा मिस इन्डियाको ताज पहिरिएकी थिइन् । उनले ‘खून भरी मांग’ मा गरेको अभिनयको निकै तारिफ गरिएको थियो । तर, त्यसपछि उनलाई फिल्ममा सफलता मिल्न सकेन । उनले एनआरआई फिल्म प्रोड्युसरसँग बिहे गरिन् र अमेरिका पलायन भइन् ।
सुष्मिता सेन
सुष्मिता सेन १९९४ मा मिस इन्डिया बनेकी थिइन् । त्यसपछि उनी मिस यूनिभर्स बन्न सफल भइन् । उनले अहिले सम्म विवाह गरेकी छैनन् । फिल्ममा उनको एकल भूमिकाले खासै सफलता पाउन सकेन । उनी मल्टीस्टारर फिल्ममा भने सफल भइन् ।
दिया मिर्जा
सन् २००० मा एशिया प्यासिफिक बनेकी दिया मिर्जाको करियर केहि खास भने हुन सकेन । प्रोड्युसर साहिल सांगासँग बिहे गरेपछि उनी खासै फिल्म क्षेत्रमा आइनन् ।
नम्रता शिरोडकर
नम्रता शिरोडकर सन् १९९३ मा मिस इन्डिया बनेकी थिइन् । उनले केहि फिल्ममा काम गरिन् । उनले साउथ स्टार महेश बाबुसँग बिहे गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली
-
भारत : तेस्रो चरणको चुनावमा औसत ६४.४० प्रतिशत मतदान, सबैभन्दा कम उत्तर प्रदेशमा
-
अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो
-
बारामा ८ महिनापछि वर्षा, वन्यजन्तु र डढेलो नियन्त्रणमा राहत
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद