राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान
काठमाडौँ– संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैशाख १६ गतेबाट सुरु हुनेगरी संसद बैठक आह्वान गरेकी हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले आइतबार संसद सचिवालयलाई पत्र पठाउँदै बैशाख १६ गते दिउँसो ४ बजेका लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी हुन् ।
अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने भएकाले प्रि–बजेट छलफलका लागि एक महिनाअघि अधिवेशन बोलाउन लागिएको हो ।
बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे छलफल गर्ने परम्परा छ ।
संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा