शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाइपलाइन र इन्धन भण्डारण परियोजनाका लागि ४१ अर्ब लाग्ने

बिहीबार, १२ वैशाख २०७६, ०७ : ४७
बिहीबार, १२ वैशाख २०७६

काठमाडौँ – नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास (एलपिजी) पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । 

निगमसँगको सहकार्यमा इन्जिनियरिङ अध्ययन संस्थान (आइआई) पुल्चोक ललितपुरको इन्जिनियरिङ परामर्श सेवा विभागले गरेको अध्ययनले चारवटा पेट्रोलियम तथा ग्यास पाइपलाइन र ६ ठाउँमा इन्धन भण्डारणस्थल बनाउन ४१ अर्ब १५ करोड ४५ लाख खर्च हुने देखाएको छ । 

दुई लाख ७० हजार किलोमिटर पेट्रोलियम पदार्थ र ८० हजार मेट्रिक टन एलपी ग्यास भण्डारणस्थल बनाउन अध्ययन भएको हो । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप