शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा संचालनमा

बिहीबार, १२ वैशाख २०७६, १९ : ३०
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुरमा १ गरि ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठबाट, चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि के.सीबाट उद्घाटन भएको छ ।

त्यसैगरी, पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ पर्सा स्थित शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँबाट उद्घाटन भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप