स्काइभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते
शुक्रबार, ०३ जेठ २०७६, १५ : १४
बझाङ– बझाङमा जयपृथ्वी नगरपालिका–११ मा स्काभेटर दुर्घट्ना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
नगरपालिकाको चैनपुर मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टीमा शुक्रबार बिहान बा. २ क ७९४० नम्बरको स्काभेटर दुर्घटना हुँदा सहचालक मष्टा गाउँपालिका ४ का सत्यराज बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
सिन्धुली घर भएका चालक किशोर थापा घाइते भएको प्रहरी नायव निरीक्षक मिन बहादुर सिंहले बताए । स्काभेटर सडकभन्दा २५ मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?