मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नोबेलद्वारा नर्सिङ्ग संघलाई ३० लाखको जग्गा प्रदान, मेयरद्वारा भवन शिलान्यास

बुधबार, ०८ जेठ २०७६, १९ : २७
बुधबार, ०८ जेठ २०७६

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दम्पतीले नेपाल नर्सिङ्ग संघ मोरङको भवन निर्माणका लागि करिव ३० लाख मूल्य बरावरको जग्गा निःशुल्क प्रदान गरेका छन् । विराटनगरको कञ्चनबारीस्थित नोबेल अस्पताल परिषरमा रहेको १० धुर जग्गा नर्सिङ्ग संघलाई प्रदान गरिएको हो ।

सोहि जग्गामा नर्सिङ्ग संघको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भवन शिलान्यास गर्दै नर्सहरुको भवन निर्माण हुँनु सकारात्मक भएकाले सकारात्मक काममा महानगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

यता उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नर्सिङ्ग संघको भवन बनेपछि कार्यसञ्चालनमा सहज हुँने धारणा राख्दै भवन निर्माणमा आफूले व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नोेबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले आफू पनि नर्सिङ्ग क्षेत्रबाटै आएको भन्दै नर्सिङ्ग संघलाई भवनको आवश्यकता महसुस गरेर जग्गा प्रदान गरिएको बताईन् । 

सो अवसरमा नर्सिङ्ग संघका केन्द्रिय उपाध्यक्ष प्रा.डा. तारा शाह, केन्द्रिय सदस्य अञ्जुला कार्की, जिल्ला अध्यक्ष कविता अधिकारी, सचिव मेनुका भण्डारी, अजिता बराल लगायतले नोबेलले नर्सिङ संघलाई जग्गा प्रदान गरेर ठुलो गुन लगाएको भन्दै भवन बनेपछि काममा धेरै सजिलो हुने प्रतिक्रिया दिए ।  

यसैबीच सोहि कार्यक्रममा पूर्व नर्स पुनम गिरीले भवन निर्माणका लागि १ लाख रकम सहयोग गर्ने घोषणा गरेकी छन् । मोरङका विभिन्न स्वास्थ्य सस्थामा ५ हजार भन्दा बढी नर्सहरु कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप