सन्दीप सीपीएलमा अनुबन्ध, ८० लाख पाउने
नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि बार्बाडस ट्राइडेन्टस टोलीमा अनुबन्ध भएका छन् ।
लिगका लागि बुधबार साँझ देखि लन्डनमा जारी बोलकबोलमा सन्दीपलाई बार्बाडसले पाँचौ राउन्डमा अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर (करिव ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् ।
सीपीएलको ड्राफ्टमा रहेका खेलाडीको बोलकबोल लन्डनमा जारी छ । सन्दीपको टोलीमा बुधबार अबेरसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज समेटिएका छन् ।
सीपीएल ड्राफ्टमा नेपालका सन्दीप सहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए । सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा हुनेछ । सन्दीपले अघिल्लो सिजनपनि सीपीएल खेलेका थिए । उनले सेन्टकिट्स एण्ड नेभिस प्याट्रियट्सबाट पाँच खेलमा सात विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा